ताजा समाचार

विप्लवका नेता भन्छन- हामी युद्ध चाहन्नाैं, सरकारले धरपकड गरे प्रतिकार हुन्छ

काठमाडाैं । सरकारले लगाएको प्रतिबन्धबारे विप्लव नेतृत्व नेकपाले सरकारलाई जवाफ फर्काउने प्रतिक्रिया दिएको छ ।

सरकारको प्रतिबन्धपछि विज्ञप्तिको तयारी थालेको विप्लवको नेकपाले अहिले नै विज्ञप्ति निकालेर सरकारलाई स्थान दिन आवश्यक नठानेका कारण रोकिएको जनाएको छ । न्युज-नेपालसँगको सम्पर्कमा आएका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, हामी युद्ध चाहन्नाैं । सरकारले हामीमाथि धरपकड गर्न थालेपछि बाध्यात्मक स्थितिको सिर्जना हुने हुनाले देशमा युद्ध हुनसक्छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको प्रतिक्रिया टिप्पणी गर्न लागक छैनन् । उनी राजनीतिक भन्दा पनि गुण्डा शैलीमा प्रस्तुत हुन थालेका छन् । यसर्थ हामीले यसबारे सुक्ष्म सुचना संकलन तथा घटनालाई नियाल्ने काम गरिसहेका छाैं । ती नेताले भने ।

राष्ट्रवादको खोक्रो खास्टो ओढेर हाम्रो पार्टीलाई लुटेराको समूह भनेको देखियो । यो भन्दाट लज्जास्पद कुरा अरु के हुन सक्छ ? हामीले पैसामा कतै सामान्य हिनामिना गरेको भए जनताले त्यसको सजाय दिन्छन । होोइन भने बोल्नेलाई बोल्न दिनुको विकल्प छैन् । उसो त वाइडबडी काण्डदेखि निर्मला हत्या प्रकरणं र अख्तियारमा देखिएको पाठक घुस प्रकरणमा नाम आएका मान्छे हेरे धेरै टाढा जानै पर्दैन। को लुटेरा सबै थाहा हुन्छ । ती नेताले आक्रोसित हुँदै भने ।

मंगलबार मात्रै मन्त्री परिषदको बैठकले विप्लवलाई प्रतिबन्ध लगाएको थियो । भने, सत्तारुढ दलकै नेताहरुले यसबारे विरोध जनाउदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org