ताजा समाचार

हङकङमा सुनको मूल्य बृद्धि, नेपालमा के होला ?

एजेन्सी । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ ।

चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी डलर ७.८५ हङकङ डलरमा किनबेच भएको थियो।

यसको प्रभाव नेपालमा समेत पर्न सक्ने सुनचाँदि व्यवसायीले जनाएका छन् । अमेरिकी डलरमा घटबढ या बृद्धि भएमानेपालमा समेत यसको असर पर्ने हुनाले भोलीसम्म हेर्नै पर्ने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org