ताजा समाचार

‘डान्स प्लस’का सुजन र कविता नेपालीको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ।

कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गायक भट्टराईको यसअघि ‘कुल कुल’ बोलको गीत दर्शक–श्रोताको नजरमा परेको थियो । बुधबार सार्बजनिक ‘केवल कारैमा’ गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ ।

सार्वजनिक गीत रचनाकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’मा समाबेश छ । यस एल्बममा चार गीत समावेश छन् । कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्तको स्वरमा एउटा गीत रहेको छ भने अर्को एउटा गायकको स्वर हाल्न बाँकी रहेको छ । उक्त एल्बम केही समयपछि सार्बजनिक गरिने गीतकार प्रधानले जानकारी दिए ।

इन्डियाको रियालिटी शो ‘डान्स प्लस’मा फर्स्ट रनरअप बनेका सुजन मार्पा तामाङ र बुगी वुगीकी बिजेता कविता नेपालीलाई फिचर्ड गरिएको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । चन्द्रागिरीमा छायांकन गरिएको भिडियोलाई चन्द्रागिरी हिल्स प्रालिले पनि सहयोग गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org