ताजा समाचार

विप्लव वार्तामा आए रातो कार्पेट, अटेरी गरे प्रतिबन्धः मन्त्री बाँस्कोटा

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् ।

बुधबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले वार्ताका लागि विप्लवलाई रातो कार्पेटमा स्वागत गर्न सरकार तयार रहेको दाबी गरेका छन् ।

विप्लवका कतिपय मागमा जटिल र जायज नभएपनि सालिन भएर आएमा सरकारले शान्ति, अमनचयन, विकास र संबृद्धि हासिल गर्नेबाटोमा त्याग गर्न तयार रहेको जनाएका छन् ।

राज्यको अनुरोधलाई वेवास्ता गरेर अगाडी बढ्न खोजे राज्यले यसको समाधान खोज्ने कुरामा शंका नगर्न समेत आग्रह गरेका छन् । उनले विप्लवलाई इंगित गर्दै भने, कस्ता कस्ता त वार्तामा आए कोहि आउदैन भन्दैमा सरकार डराएर बस्दैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org