ताजा समाचार

यक्ष प्रश्नको घेराबन्दीमा कृषिमन्त्री खनालः विप्लवबारे दिएको अभिव्यक्ति विवादित बन्दै

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले विप्लवले हतियार लुकाएको भन्दै दिएको अभिव्यक्ति विवादित बन्दै गएको छ ।

तत्कालीन माओवादीले जनयुद्ध गर्दाका हतियार विप्लवले लुकाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका मन्त्री खनाललाई अहिले सकस परेको हो ।

माओवादीसँग हतियार हुँदा उनी समेत एक कमाण्डर रहेको र हतियार बारे उनी समेत जानकार रहेको हुनाले उनले दिएको सुचना सहि हुनसक्ने सुरक्षा संयन्त्रले अनुमान लगाएको छ ।

तर, हतियार लुकाएको थाहा पाएका मन्त्री खनालले अहिलेको विकसित परिस्थितिमा नै किन निकाले भन्ने कुराले भने रहस्य पैदा गरेको हो । यसभन्दा अघि उनले कहिल्यै विप्लवले हतियार लुकाएको भन्दै सार्वजनिक रुपमा बोलेका थिएनन् । तर, एक्कासी यस्तो बोलेपछि उनीमाथि शंकाको सुई घुमेको छ ।

मन्त्री खनालले बोल्नुका कारण यस्ता हुन सक्छनः

विप्लव नेतृत्वको नेकपाले मन्त्री खनाललाई मोटो रकम चन्दा माग गरेका छन या उनलाई ज्यान मार्ने धम्की दिएका छन् । अन्यथा उनले यसरी बोल्नु हुन्थ्यो हुदैन्थ्यो भन्ने प्रश्नले घेरेको छ ।

आजसम्म माैन बसेका मन्त्री खनालले एकाएक विप्लवले हतियार लुकाएको आरोप लगाएपछि सुरक्षा खतरा झनै बढेर गएको छ । जनता मन्त्रीबाट यस्तो कुरा सुन्दा त्रसित बन्न पुगेका छन् ।

अर्को कारण हुनसक्छ- विप्लवको रणनीति, विप्लवले बहालवाला मन्त्रीलाई प्रयोग गरेर आफुसँग हतियार भएको र त्यसको परिणाम गम्भीर हुने भन्ने सन्देश दिन खोजेको पनि हुन सक्छ । तर, बहालवाला मन्त्रीले यसरी बोल्छन भन्ने कुरा कसैले विश्वास गरण सक्दैन । यथार्थमा मन्त्री खनाललाई ज्यान मार्ने धम्की या मोटो रकम चन्दा मागेको आधारमा यति बोलिदिएका पनि हुन सक्छन । नेकपाका एक नेताले न्युज-नेपालसँग भने ।

यद्यपी विप्लवसँग आधुनिक हतियार भने रहेको सुरक्षा संयन्त्रको अनुमान छ । झापा लगायत देशका अन्य स्थानमा प्रहरीले बरामद गरेको हतियारलाई मात्र आधार मान्ने हो भने मात्रै पनि उनीहरु हतियारले सुसज्जित भएको अनुमान गर्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org