ताजा समाचार

रुकुम पश्चिममा मदिरा प्रतिबन्ध निर्णयका विरुद्ध अदातलको अन्तरिम आदेश (पूर्णपाठसहित)

काठमाडाैं । रुकुम पश्चिममा स्थानिय सरकारले मदिरा बिक्रि वितरणमा लगाएको प्रतिबन्धबारे पुनरावेदन अदालत सुर्खेतले अन्तरिम आदेश दिदै पसल संचालनमा रोक नलगाउन निर्देशन दिएको छ ।

स्थानिय व्यवसायी पवन केसीले नेपाल सरकारबाट इजाजत लिएर संचालन गरेको मदिरा व्यवसाय बन्द गराउने स्थानिय सरकारको निर्णले करोडाैंको लगानी डुब्ने र थुप्रै युवाहरु विदेश पलायन हुनुपर्ने स्थितिको सिर्जना हुन लागेको भन्दै दायर गरेको रिट निवेदनका आधारमा अदालतले यस्तो निर्णय गरेको हो ।

निवेदक केसीका तर्फबाट अधिवक्ता रामप्रसाद थानी र विपक्षीका तर्फबाट बरिष्ठ अधिवक्ता भुषण कुमार मानन्धरले बहस गरेका थिए भने, सरकारी वकिलको कार्यालयको तर्फबाट अधिवक्ता लक्ष्मीनारायण दाहालले समेत बहस गरेका थिए ।

विपक्षीहरुका नाउमा प्रस्तुत निवेदनको टूङ्गो नलागेसम्म उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ । अदालतको फैसलामा भनिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org