ताजा समाचार

के हुन् विप्लवका माग, किन भएन वार्ता ?

काठमाडौँ । विप्लवको मुख्य माग नै संसदीय व्यवस्था परिवर्तन छ । त्यसकै लागि उसले केही वर्षदेखि संघर्ष गर्दै आएको छ । यद्यपि, यो समूहसँग वार्ताको वातावरण बन्न सकिरहेको छैन ।

सरकारी वार्ता टोली स्पष्ट धारणाका साथ नआएकोले वार्ता गर्नुको कुनै औचित्य नदेखेको विप्लव समूहको दाबी छ ।

संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गत भदौमा विप्लव समूहसँग वार्ता संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो। वार्ताको वातावरण बनाए पनि विप्लव समूहले धोका दिएका कारण वार्ता हुन नसकेको सरकार पक्षको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org