ताजा समाचार

जनसत्ता प्रमुख तथा सभामुखले छाडे विप्लवको पार्टी, अब के होला ?

ओखलढुंगा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जनसत्ता प्रमुख तथा किरात सभाका सभामुख बोझबहादुर खत्रीले नेकपा परित्यागको घोषणा गरेका छन् ।

ओखलढुङ्गाको जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै खत्रीले पार्टीसँग कुनै किसिमको सम्बन्ध नरहने गरि सम्पूर्ण जिम्मेवारीबाट पछि हटेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएपछि खत्रीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भने, अब मानव अधिकारकर्मी बनेर सेवा गर्छु ।

पार्टी परित्यागको घोषणा गर्दै विप्लवलर अघि सारेको एकिकृत जनक्रान्तिको कार्यदिशा नै अस्पष्ठ र पार नलाग्ने रहेको भन्दै सम्पूर्ण जिम्मेवारीबाट आफू पछि हटेको जनाएका हुन् ।

तर, विप्लव नेतृत्वको नेकपा एक नेताले न्युज-नेपाललाई दिएको जानकारी अनुसार उनी सरकारको प्रतिबन्ध भन्दा पहिले सक्रिय रहेपनि अहिले आएर डरले पछि हटेको र हाम्रो पार्टीलाई बदनाम गराएर जाने काम गरेकाले पार्टीले यसको बारेमा गम्भीर भएर सोच्ने समेत जनाएका छन् ।

ती नेताले भने, पार्टीको नाममा चन्दा उठाएर उहाँले वेइमानी गरनु भएको छ । जनसत्ता प्रमुख तथा सभामुख भएपछि उहाँले पार्टीका लेटर प्याड तथा अन्य महत्वपूर्ण डकुमेन्ट समेत राख्नु भएको छ । र गलतर फाइदा उठाउन सुचना चुहाउन सकिन्छ की भन्ने मनशायका कारण यस्तो गरिएको भन्ने हाम्रो बुझाई छ । यसको हिसाव किताब हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org