ताजा समाचार

दुबै पार्टीका भिन्न लिगेसी भएपनि पार्टी एकताले अर्को रुप लिन्छः मन्त्री पोखरेल

काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकता प्रक्रियाले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

विश्वमा नयाँ उदाहरण दिने क्रममा तत्कालीन नेपका एमाले – माओवादी केन्द्रको एकता गरेको कुरा स्मरण गर्दै मन्त्री पोखरेलले भने, पार्टी एकता प्रक्रियामा दुबै पार्टीका आन्तरिक लिगेसीका कारण त्यसलाई हल गरेर जानु पर्ने भएकाले एकता प्रक्रिया ढिला भएको जनाएका छन् । राम्रा नराम्रा लिगेसीका कारण एकताले गति लिन नसकेको उनले दाबी गरेका छन् ।

काठमाडाैं जिल्ला पार्टीको कार्यालय उद्घाटन गर्ने क्रममा मन्त्री पोखरेलले यस्तो जनाएका हुन् ।

काठमाडाैंको जिल्ला पार्टी कार्यालयले काठमाडाैंमा हुने सबै किसिमका कार्यक्रमको जस लिने मात्रै नभएर समन्वय तथा नेतृत्वको काम गर्ने समेत दाबी गरे । उनले यसमा थप्दै भने, कम्युनिष्ट पार्टी एकता जनताको इच्छा र राष्ट्रिय आवश्यकता हो ।

सेति गण्डकी र काली गण्डकी मिलेर नारायणी बनेजस्तै हाम्रो पार्टी एउटै बनिसक्यो यसर्थ हामी एकै भएका छाैं । अब सेती गण्डकीको जस्तै सेतो पानी र काली गण्डकीको जस्तै कालो पानी खोज्ने होइन । यो विशाल नारायनी बनिसक्यो । मन्त्री पोखरेलले भने ।

दुबै पार्टीको छुट्टा छुट्टै स्थिति, धरातल र लिगेसी भएपनि सबै कुरा भुलेर जनताको चाहना अनुसार हामीले कार्यभार सम्हाल्ने संकल्प गर्न आवश्यक रहेको उनको जिकिर गरे । माओवादी र एमालेको दुई आयामिक सम्बन्ध भएको स्मरण गर्दै जनयुद्ध देखि सिलुगुढि वार्ता देखि रोल्पा, दिल्ली तथा लखनउ लगायत अन्य स्थानमा एमालेले सहकार्य गरेको स्मरण गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org