ताजा समाचार

न्यूजिल्याण्डको एक मज्जिदमा आक्रमण, फेसबुकबाट भयो लाइभ

न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको एक मज्जिदमा आक्रमण भएको छ । आक्रमणबाट ३० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

३०० जनाभन्दा बढी मानिस प्रार्थना गरिरहेको अल नूर मस्जिद र लिनउड मज्जिदमा आक्रमण भएको हो । आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले तीन पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको छ।

हाललाई क्रिस्टचर्च मस्जिद र त्यसआसपासका क्षेत्रमा रहेका विद्यालय र कार्यालयहरुलाई अर्को सूचना जारी नगरेसम्मका लागि बन्द गरिएको छ।

घटनामा सलग्न रहेका भनिएका बर्टन टरानर्टले मस्जिदमा प्राथर्ना भइरहेको अवस्थामा फेसबुकबाट लाइभ गर्दै गोली चलाएको मेलले उल्लेख गरेको छ।

१७ मिनेटको लाइभ स्ट्रिमिङमा उसले १०० पटक भन्दा बढी गोली प्रहार गरेको देखिएको उल्लेख गरेको छ। टरानर्टले सेमिअटोमेटिक सटगन प्रयोग गरेको बताइएको छ। मस्जिद भित्र प्रवेश गरेर ती व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए। उनले आक्रमण अघि ुलेस्टस गेट डिस पार्टी स्टार्टेडु भनेर फेसबुकमा लेखेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org