ताजा समाचार

विप्लवका पोलिटब्युरो सदस्य जीवन्त ललितपुरबाट पक्राउ

काठमाडौ । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछी तनाव बढ्दै गएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले आफुलाई मार्ने विप्लवले मान्छे खटाएको अभिव्यक्ति दिएपछी सुरक्षा व्यवस्था झनै कडा पारिएको छ । यस्तै, प्रहरीले विप्लवका पोलिटव्युरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई पक्राउ गरेको छ ।

गएराति ललितपुरको च्यासलबाट औषधी लिन डेरामा पुगेका जीवन्तलाई पक्राउ गरेर लगेको पारीवारीक स्रोतले जनाएको छ ।

सुगर रोगले पीडित कार्की औषधी लिन भन्दै डेरामा जानासाथ सादा पोशाक र ड्रेसमा गएका प्रहरीले पक्राउ गरेर लगेको जनाईएको छ ।

यद्यपी प्रहरीले यसबारे जानकारी नभएको भन्दै कुनै सुचना दिन भने मानेको छैन ।

उनी यस अघि पनि पक्राउ परेका थिए । त्यस बेला सर्वोच्च अदालतको आदेश पछि रिहा भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org