ताजा समाचार

प्याव्सनका नवनिर्वाचित अध्यक्ष पुरीलाई विराटनगरमा भव्य स्वागत

विराटनगर । उपत्यकाभन्दा बाहिरबाट पहिलोपटक प्याब्सन नेपालको अध्यक्ष हुन सफल टीकाराम पुरीलाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष पुरीलाई स्वागत गर्न प्याब्सनसित आबद्ध व्यक्ति र शुभचिन्तकहरु विमानस्थल पुगेका थिए । काठमाडौंमा सम्पन्न प्याब्सनको १४ औं महाधिवेशनले पुरीको नेतृत्वमा सर्वसम्मतबाट कार्यसमति चयन गरेको थियो ।

उनी विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलका प्राचार्य हुन् । पुरी र ललितपुरका डीके ढुंगाना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । तर, पूर्वअध्यक्षहरुको पहलमा ढुंगानालाई सहअध्यक्ष बनाएर सर्वसम्मत नेतृत्व चयन गरेको हो । मोरङ अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष भइसकेका पुरी अघिल्लो निर्वाचनमा भने पराजित भएका थिए । पुरीसँगै सचिवमा निर्वाचित राजेशकुमार दासलगायतलाई पनि स्वागत गरिएको थियो । स्वागतका लागि प्याब्सन मोरङका सचिव प्रेमलाल सुवाल, विराटनगर अध्यक्ष इन्द्र राईलगायत विमानस्थल पुगेका थिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुरीले निजी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सच्याउनुपर्ने माग राखे । उनले संघीय शिक्षा ऐनमा पनि निजी विद्यालयहरुलाई चेप्ने काम भएको र आयोगको प्रतिवेदनमा पनि त्यस खालको प्रावधान रहेको भन्दै त्यसको विरोध गरे ।

उनले निजी विद्यालयमैत्री ऐन निर्माणमा सरकारलाई दबाब दिने, प्याब्सनको केन्द्रीय कार्यालय भवन बनाउने, प्याब्सनलाई समाज र राष्ट्रप्रति उत्तरदायी हुने संगठन निर्माण गर्ने र प्याब्सनलाई राष्ट्रको मूल प्रवाहमा समेट्न राज्यसँग पहल गर्ने आफ्ना एजेण्डा सुनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org