ताजा समाचार

‘दाल भात तरकारी’ शिर्ष गीत विज्ञापनको प्याकेज, यस्तो आरोप खेप्दै निर्माण युनिट (भिडियोसहित)

काठमाडाैं । मह जोडिको चलचित्र ‘दाल भात तरकारी’को शिर्ष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मह संचारको युट्युब च्यानलबाट सार्वजनिक भएको दाल भात तरकारी बोलको गीतमा झण्डै २६ सेकेन्ड विज्ञापन गरिएको छ । ४ मिनेट २६ सेकेन्डको गीतमा २६ सकेन्ड सानिमा बैंक, शिवम सिमेन्ट, रुस्लान एफ एम, होन्डा, प्रिज्मा स्मार्ट टिभि र हाम्रो पात्रोको विज्ञापन देखिन्छ ।

राजेश पायल राई र प्रचण्डकी नातिनी स्मिता दाहालको स्वर रहेको गीतमा हरिवंश आचार्यको लय तथा शब्द रहेको छ भने शम्भुजित बास्कोटाको संगित रहेको छ । यस्तै, गीतमा हरिवंश, निरुता, पुष्प र आचलल अभिनय गरेका छन् । गीत भने युट्युबको ट्रेन्डिङ १० ओगटेर बसेको छ ।

यद्यपी गीतमा प्रयोग गरिएकको विज्ञापनले दर्शक श्रोताको अधिकार भने हनन गरेको भन्ने आवाज उठ्न थालेको छ । छोटो भिडियोमा यत्ति लामो विज्ञापन हाल्दा फिल्म निर्माण युनिटलाई पैसा कमाउने धन्दामा लागेको भन्दै आरोप समेत लाग्न थालेको छ ।

फिल्म पैसा कमाउने बाटो मात्र नभएर सामाजिक चेतना दिने माध्यम हो भन्ने मान्यता स्थापित गर्नुको सट्टा पैसा कमाउ धन्दामा लाग्नु कत्तिको जायज हो भन्ने प्रश्न भने उब्जेको छ ।

हेर्नुहोस् भिडियोसहितः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org