ताजा समाचार

‘नागरिकता लिएर बैठकमा आउनु’ भन्दै सिके राउतले हिन्दीमा लेखे यस्तो स्टाटस

स्वतन्त्र मधेश गठबन्धनको बैठक केही बेरपछि लहानमा सुरु हुँदैछ । गठबन्धनका संयोजन गरिरहेका सिके राउतको अध्यक्षतामा बैठक सुरु हुन लागेको हो ।

सरकारसँग ११ बुँदे सहमति भएको केही समयपछि नै राउत समूहले राष्ट्रिय परिषद्को बैठक बोलाएको हो ।
आइतबार र सोमबार गरि २ दिनसम्म चल्ने बैठकमा सहभागि हुने राउतले शनिबार नै कार्यकर्ताहरुलाई फेसबुक मार्फत निमन्त्रण पठाएका थिए ।

नागरिकताको प्रमाणपत्रसहित बैठकमा उपस्थित हुन आह्वान गरिएको राउतको स्टाटस हिन्दी भाषामा थियो । बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको बताइएको छ ।

यस्तो छ राउतले लेखेको फेसबुक स्टाटस

स्वतन्त्र मधेश गठबन्धन, राष्ट्रीय परिषद् बैठक
२०७५ चैत्र ३-४ गते, लहान, सिरहा
नेपाल सरकार और स्वतन्त्र मधेश गठबन्धन बीच हुई
११-सूत्रीय ऐतिहासिक सहमति और आगे की रणनीति के सन्दर्भ में।

सहभागी मित्रों से अनुरोध: कृपया #नागरिकता प्रमाणपत्र साथ में लेकर आयें।

यह बैठक आकस्मिक होने के कारण इसमें हरेक जिले से सिमित सदस्यों को ही बुलाया जा सका है, छूटे हुए मित्र कृपया दु:ख न मानें। इस परिषद् के तुरन्त बाद #विस्तारित_बैठकहोगी, और उसके बाद #भेटघाट का दौरा भी शुरु होगा।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org