ताजा समाचार

विप्लव सिन्धुली प्रकाण्ड दाङमा

काठमाडौं । विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँचभित्र नै रहेको दाबी गरेको छ ।

हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ । केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

उनीहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org