ताजा समाचार

बेग्ला बेग्लै शिर्षकमा विद्यार्थी ठग्दै यी ५ मेडिकल कलेज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क अशुल्दै आएका छन् ।

ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले फरक–फरक शीर्षक र दरमा लाखौं रकम अवध रुपमा असुल्ने गरेको पाइएको छ ।

चिकित्सा शिक्षाका विज्ञ सम्मिलित टोलीले तयार पारेको प्रतिवेदन अनुसार, पाँचवटै मेडिकल कलेजले फरक–फरक शीर्षकमा शुल्क असुलेका छन् र शुल्क विद्यार्थीपिच्छे फरक छ । मेडिकल कलेजले विद्यार्थीबाट मनपरी शुल्क असुलेको भेटिएपछि ती कलेजलाई कारबाही गर्न सिफारिस गरिएको समाचार कान्तिपुर दैनिकमा उल्लेख छ । तर, त्रिभुवन विश्वविद्यालयले त्यस्ता कलेजमाथि कारबाही गर्न तदारुकता देखाएका छैनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार बनेको खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार, उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org