ताजा समाचार

होसियार ! कुखुराको मासु खाँदै हुनुहुन्छः काठमाडाैंमा भेटियो बर्डफ्लु

काठमाडौं । उपत्यकाका दुई पोल्ट्रीफार्ममा बर्डफ्लुको संक्रमण भेटिएको छ ।

काठमाडाैंको तारकेश्वर-०७, स्थित बस्नेत टोलका श्यामसुन्दर बस्नेतको सागर पोल्ट्रीफार्ममा बर्डफ्लु भेटिएको नगर पशुशाखा प्रमुख डा. जयप्रकाश राय यादवले पुष्टि गरेका छन् ।

बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको प्रमुख डा. यादवले जनाएका छन् । काठमाडाैंका अन्य फार्ममा समेत यसको परिक्षण छिट्टै गर्ने तयारी थालेको उनले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org