ताजा समाचार

मेलिना राईकोको ‘आँखा अघि’ (भिडियोसहित)

नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न प्रकारको गीत संगीतहरु आउने क्रममा एउटा निकै मिठो वियोगान्त सेलो गीत ‘आखा अघि’ भर्खरै मात्रै डिजिटल बजारमा आएको छ ।

चर्चित गायिका मेलिना राई र गायक समिर लिम्बूको आवाजमा सजिएको गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेर आएको  छ। स्लो रोमान्टिक भर्सनको यस गीतमा सदोक मल्लको शब्द र कमल रसाइलीको संगीत रहेको छ।

निकै रमाइलो यस भिडियोमा प्रेमको भावहरुलाई समेटिएको छ। द राइजिंङ्ग नेपाल क्रू युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोको छायाँकन र सम्पादन रमेश चौधरीले गरेका छन् भने जितु तामाङले भिडियोलाई निर्देशन गरेका छन् ।

जितु तामांग र दिया नेपालले अभिनय गरेको यस भिडियोको छायाँकनमा कालिन्चोकका मनमोहक दृश्यहरु समेटिएको छ।दियाले आफ्नो पहिलो म्युजिक भिडियोमानै निकै आशा लाग्दो अभिनय प्रस्तुत गरेकी छिन । भने जितुले यस अघिपनि विभिन्न भिडियोहरुमा अभिनय गरेर धेरैको मन जिती सकेका छन ।

https://youtu.be/yJnZSKB0Abk

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org