ताजा समाचार

अनुमतिबिना कसैले लोला हान्यो १०० मा फोन गर्नुहोस्

काठमाडौं । तपाइलाई कसैले जबरजस्ती लोला हान्यो १०० मा फोन गर्नुहोस् । हो तपाईलाई कसैले जबरजस्ती लोला हान्यो भने १०० फोन गर्नुहोस् यो अनुरोध महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले गरेका हुन् ।

बुधबार देशभरी नै होली मनाईदैछ । होलीका समयमा जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ ।

होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर, भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र सामाखुसी लगायतका १८ स्थानका होली विशेष कार्यक्रम गर्न अनुमति दिएको छ ।

असन, होटल मल्ल र कुलेश्वर भलिबल ग्राउण्डमा समेत अनुमति लिएर होली विशेष कार्यक्रम गर्न लागिएको जनाइएको छ।

होली विशेष ठूला कार्यक्रममा १५ जनाको दरले प्रहरी परिचालन गरिने काठमाडौं प्रहरीले जनाएको छ ।

होलीको बाहना बनाएर सडकमा हिँड्डूल गर्ने युवा युवतीहरुलाई जवरजस्ती लोला हान्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने र गल्ती स्वीकार गरेमा एक पटकमात्र अभिभावकको जिम्मा लगाएर छाडिने प्रहरी वरिष्ठ उपरीक्षक लामाले बताए ।

उनले भने, ‘यदि कसैले दोस्रो पटक जवरजस्ती लोला हान्ने हर्कत गर्दैन र अभिभावकले प्रहरीलाई आस्वस्त बनाउँछन् भने एकपटकलाई छाड्छौं अन्यथा कानुनी कारवाही हुन्छ ।’

काठमाडौं प्रहरी परिसरले ‘होली विशेष सुरक्षा योजना’ बनाएर सोमबारदेखि नै प्रहरी परिचालन गरिसकेको छ ।

काठमाडौं प्रहरीले दिएको जानकारी अनुसार १०७ ठाउँमा पिकेट ड्युटी परिचालन गरिएका छ । कार्यक्रम हुने स्थान र सडकमा पैदल हिँड्नेहरुका लागि समस्या नपरोस् भन्नका लागि पिकेट ड्युटी खटाउने गरिन्छ ।

२० स्थानमा मोवाइल टोली, क्विक रेस्पोन्स टीम ‘क्युआरटी’ मोटरसाइकल ९२ वटा, २८ स्थानमा पैदल गस्ती, चार स्थामा ट्राइकिङ फोर्स र ११ ठाउँमा रिजर्भ फोर्स तैनाथ गरेर होलीको सुरक्षा गर्नेगरी काठमाडौं प्रहरीले योजना बनाएको छ ।

फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ । डौं प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org