ताजा समाचार

गोल्डेन शु : मेस्सी ह्याट्रिक लक्ष्यमा, एमबाप्पे र रोनाल्डो पछ्याउँदै

एजेन्सी । युरोपियन क्लब फुटबलमा सन् २०१८/१९ को सिजन जारी छ । तर, युरोपियन क्लब फुटबलको लिग जारी रहदा गोल्डेन शु (सुनको जुत्ता) दाबेदार खेलाडीको चर्चा सुरु भएको छ ।

फुटबल समर्थकहरुलाई यस सिजन कसले गोल्डेन शु जित्छ भन्ने कौतुहलता जागेको छ । हरेक सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन शु पाउने गर्छन् ।

क्लब फुटबलको चर्चित लिगहरु इन्ग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’, फ्रेन्च लिग वान क्लबका खेलाडीहरु गोल्डेन शु को दाबेदारीमा रहेका छन् ।

यस पटक गोल्डेन शु को दौडमा चर्चित खेलाडीहरु नै अगाढी रहेका छन् । साविकको विजेता लियोनल मेस्सी, केलियन एमबाप्पे, क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडीहरु गोल्डेन शु का मुख्य दाबेदारका रुपमा आएका छन् ।

कुन खेलाडीको कति गोल ?

यस सिजन साविकको विजेता लियोनल मेस्सी मुख्य दाबेदार देखिएका छन् । बार्सिलोनाका फरवार्ड मेस्सीले यस सिजन २९ गोल गरिसकेका छन् । र, सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।

मेस्सी यस सिजन गोल्डेन शु जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ । मेस्सीले अघिल्ला दुई सिजन लगातार गोल्डेन शु जितेका छन् । गत सिजन ३४ गोल गर्दै मेस्सीले पाँचौ पटक गोल्डेन शु जितेका थिए । यस पटक जिते मेस्सीले छैटौं पटक गोल्डेन शु आफ्नो बनाउने छन् ।

यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेले पनि गोल्डेन शु का लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । यस सिजन मेस्सीपछि एमबाप्पेले सर्वाधिक धेरै गोल गरेका छन् ।

युवा स्टार एमबाप्पेले पीएसजीका लागि २६ गोल गरिसकेका छन् ।

यस सिजन इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पनि मुख्य दाबेदारको रुपमा हेरिएको छ । यसै सिजन युभेन्ट्स आएका रोनाल्डोले १९ गोल गरिसकेका छन् । मार्चसम्म तथ्यांकमा रोनाल्डो सर्वाधिक गोल गर्नेको पाँचौ स्थानमा छन् ।

सर्वाधिक गोलकर्ताको सूचीमा पर्दै गोल्डेन शु को दाबेदार साम्पडोरियाका फाबियो क्वागेलरेल्लाले पनि दिईरहेका छन् । यस सिजन २१ गोल गर्दै फाबियो सर्वाधिक गोल गर्नेको तेस्रो स्थानमा छन् ।

यस्तै यस सिजन सर्वाधिक गोल गर्ने खेलाडीको चौथो स्थानमा एसी मिलानका फरवार्ड  क्रेजोस्टोफ पियाटेक रहेका छन्  ।  उनले जारी सिजन १९ गोल गरिसकेका छन् । उनलाई पनि यस सिजन गोल्डेन शु को दाबेदार खेलाडीको रुपमा हेरिएको छ  ।

इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो १८ गोल गर्दै गोल्डेन शु को होडमा रहेका छन् । जारी सिजन सर्वाधिक गोलको सूचीमा अग्युरो छैटौं स्थानमा छन्  ।

वायर्न म्युनिखका फरवार्ड रोबर्टो लेवान्डोस्की १८ गोल गर्दै सातौं स्थानमा छन् । १८ गोल सहित बार्सिलोनाका फरवार्ड लुइस स्वारेज आठौं, लिभरपुलका साडियो माने १७ गोलसहित नवौं र १७ गोलरहित पीएसजीका फरवार्ड एडिन्सन काभानी दशौँ स्थानमा रहेका छन् ।

यस्तै इन्ग्लिश क्लब टोटेनहमका फरवार्ड ह्यारी केन, लिभरपुलका फरवार्ड मोहमद सलाह, एट्लान्टाका दुभान जापटा,लिलीका निकोलस पेपे,आर्सनलका पेरिक एम्रिक आबुमियाङले समान १७/१७ गोल गरिसकेका छन् ।

पीएसजीका स्टार नेयमार भने यस सिजन १३ गोल गरेर शीर्ष २० भन्दा पछि रहेका छन् । म्यानचेस्टर सिटीका युवा खेलाडी रहिम स्ट्रलिङले १५ गोल गर्दै शीर्ष १५ मा भित्र अटाएका छन् ।

रियल मड्रिडका करिम बेन्जिमाले यस सिजन १३ गोल गरेका छन् । चेल्सीका इडेन हाजार्डले पनि १३ गोल गरेका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org