ताजा समाचार

विप्लवको गोप्य बैठक सम्पन्न, विप्लव सिन्धुली र प्रकाण्ड दाङमा रहेको कुरा झुट

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गोप्य कमाण्ड बैठक सकिएको छ ।

विप्लवमाथि सरकारले प्रतिबन्ध लगाएपछि आपतकालिन कमाण्ड बैठक आह्वान गरिएको स्रोतले जनाएको छ । बैठकले अबको राजनीतिक बाटो तय गर्ने भनिपनि निर्णय अति गोप्य राख्ने सहमति भएको जनाइएको छ ।

बैठक लम्बिनुको कारण आगामी रणनीति र पार्टीका आन्तरिक संगठनलाई कसरी परिचालन गर्ने भन्नेबारे निश्कर्ष निकाल्नै पर्ने भएको जनाइन्छ । मिडियामा सुरक्षा संयन्त्रलाई हवाला दिदै विभिन्न शिर्षकमा समाचार आएपनि विप्लव सिन्धुली र प्रकाण्ड दाङमा रहेको भन्ने कुरा गलत हो । पार्टीको स्थायी समिति बैठकका लागि उहाँहरु एकै स्थानमा जनताको घरमा हुनुहुन्छ । ती नेताले न्युज-नेपालसँग भने ।

यद्यपी नेकपाको बैठकले सरकारले लगाएको प्रतिबन्धले पार्टीलाई कुनै असर गर्न नसक्ने निश्कर्ष निकालेको छ । जनताको अधिकार सुनिश्चित गर्न युद्ध लड्न परे पनि तयार रहने तर युद्ध नभएर शान्ति चाहेको स्थायी समितिले जनाएको छ ।

पछिल्लो समय देशमा लुटतन्त्र खुलेआम चलेको भन्दै त्यसको भण्डाफोरको विकल्प नरहेको र जनताका अधिकारलाई खोस्ने जो कोहिमाथि कारबाही गरेरै छाड्ने प्रतिबद्धतासहित बैठक बसेको विप्लव निकट ती नेताले जनाए ।

नेता मार्ने योजना नभएको भन्दै नेकपाको उत्साह र जनताबीच भएको लोकप्रियतालाई सरकारले सहन गर्न नसकेपछि प्रतिबन्धको नाटक मञ्चन गरेको बैठकले दाबी गरेको छ । चन्दा माग्ने अधिकार नैसर्गिक भएको र मुलुकमा ड्वेल (दुईवटा) राज्यसत्ता संचालनमा रहेकाले चन्दा अनिवार्य तिर्नै पर्ने उनीहरुको दाबी छ ।

यस्तै, विप्लवले अबको बाटो के भन्नेबारे कमाण्ड बैठकबाट आएका सुझाव संकलन भएर निर्णय गरिएपनि गोप्य राख्न निर्देशन दिएको र पार्टीका कमिटिका सदस्यलाई विस्तारै सर्कुलर जारी गरेर अगाडी बढ्ने तयारी थालेका छन् । यसलगत्तै पार्टीको आन्तरिक नियम अनुसार सर्कुलर जारी भएको र सम्पूर्ण शक्तिको मापनका साथै आफनो उपत्थिति जनाउने बारे केहि समयपछि सार्वजनिक अपिल गरेर जान सक्ने ती नेताले जनाए।

विभिन्न चरणमा बैठकहरु सम्पन्न गर्ने गरि रणनीति तय गरेको र सरकारले प्रतिबन्ध फिर्ता नलिए यसको परिणाम गम्भिर हुने भन्दै नेकपामा आन्तरिक सर्कुलर जारी गरेर कार्यकर्तालाई तयार रहन निर्देशन दिने क्रम जारी रहेको समेत ती नेताले स्विकार गरे । तर, सरकारले पछिल्लो समय उत्तेजित भएर गम्भिर आरोप लगाउदै गएको र जनताले राम्ररी बुझेकाले सहजै काम गर्न सकिएको समेत उनको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org