ताजा समाचार

पेटिकोट लम्पट भन्दै ५१ प्रतिशत महिलाको अपमान गर्न मिल्छः राजेश्वरी सुवेदी

काठमाडाैं । पत्रकार रवि लामिछानेका विरुद्ध नेकपाका नेता कार्यकर्ताले कारवाहीको माग गरिरहँदा वैज्ञानिक समाजवादी पार्टी नेतृ राजेश्वरी सुवेदीले भने घुमाउरो भाषामा विरोध गरेकी छन् ।

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले पत्रकार लामिछानेलाई पेटिकोट लम्पट भनेपछि चर्किएको विवादले नेकपामा हलचल नै ल्याएदिएको थियो ।

अखिल क्रान्तिकारी उपाध्यक्ष पञ्चा सिंहले लामोछानेलाई अमेरिकामा बेश्याबृत्ति गरिरहेका भनेपछि झनै बल्झिएको विवादका माझ नेतृ सुवेदीले भने वाइसीएल अध्यक्ष सापकोटालाई पेटिकोट लम्पट भनेको के हो भन्दै ५१ प्रतिशत बढि महिलाको अपमान गर्ने अधिकार कसैलाई नभएको दाबी गरेकी छन् ।

आक्रोसित हुँदै नेतृ सुवेदीले नेताहरुको घरमा बहुविवाह लाई बैधानिकता दिन मिल्ने नि समानताको नारा लगाउदै महिलाहरू माथि पितृसत्ताको खोल ओडेर यति अपमानित शब्द बोल्न मिल्छ ? भन्दै प्रश्न समेत गरेकी छन् ।

चाकडीबाजहरु भन्दै उनले नेकपाका नेता कार्यकर्तालाई गम्भीर आरोप समेत लगाएकी छन् ।

हेर्नुहोस उनको फेसबुक स्ट्याटसः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org