ताजा समाचार

पूर्व डिआइजी पार्वती थापा राजनीतिमा, औपचारिक रुपमा फोरम प्रवेश

काठमाडौं । कलाकार तथा व्यवसायीहरु पछिल्लो समय राजनीतिमा लाग्ने चलन बढेका बेला नेपाल प्रहरीका पूर्व डिआइजी पार्वती थापा पनि राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी छन् ।

थापा संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् ।

पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन ।

नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् । तर, उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्यालले उनलाई पछि पार्दै महानिरीक्षकमा बाजी मारेका थिए ।

पछि उनी दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन पुगेकी थिइन् ।

प्रहरी सेवामा रहेर दल प्रवेश गर्ने शिलशिला केही समयदेखि जारी छ । यसअघि नवराज सिलवाल पनि तत्कालिन एमाले प्रवेश गरेर अहिले सा)सद बनेका छन् भने जय बहादुर चन्दले पनि राजनीतिमा आउने संकेत गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org