ताजा समाचार

अब नागरिकतामा उपनाम खुलाउन पाइने, आमाको नाममा नागरिकता लिए बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने

काठमाडौं । अब आमाको नाममा नागरिकता जारी गर्दा बाबुको पहिचान अनिवार्य खुलाउनु नपर्ने व्यवस्था कायम भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो सहमति भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा सांसदहरु यस्तो सहमतिमा पुगेका हुन् ।

तर, बाबुको पहिचान हुन नसकेको व्यहोरा भने उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

समितिको निर्णय संघीय संसदका दुवै सदनबाट पारित भए नागरिकता बनाउन जाँदा महिलाले बाबुको पहिचान हुन नसकेकोमात्र व्यहोरा जानकारी गराए पुग्छ ।

उपनाम पनि राख्न पाइने

बैठकमा नागरिकतामा उपनाम पनि राख्न पाइने विषयमासमेत सहमति भएको छ ।

नागरिकता विधेयकको दफा ५ मा नागरिकता लिँदा आफ्नो समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको छ ।

नयाँ ऐनअनुसार नागरिकता लिने कुनैपनि समुदायको व्यक्तिले चाहेमा सम्बन्धित समुदायभित्रको थर वा कुनै उपनाम राखी तोकिएबमोजिम नागरिकताको प्रमाणपत्र लिनसक्ने विधेयकमा व्यवस्था गरिएको छ ।

बाबु–आमाले सन्तानलाई नागरिकता दिन आनाकानी गरेको पाइएकाले यस्तो व्यवस्था सुरु गरिएको समितिले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org