ताजा समाचार

प्रचण्डलाई अमेरिकामा ‘नो इन्भेष्टिकेसन’ सर्कुलर जारी, मुद्धा दर्ता भएको कुरा हल्ला मात्रै !

काठमाडाैं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिका मुद्धा दायर भएको भन्दै मिडियाले संप्रेषण गरेको समाचार निराधार भएको खुल्न आएको छ ।

नेपालमा मिडियाहरुले तथ्यको नजिक नपुगेर समाचार संप्रेषण गर्दा मिडियाको भुमिका र विश्वसनीयतामाथि गम्भिर प्रश्न पैदा भएको छ । हामीसँग सम्पर्क नगरेर काल्पनिक समाचार दिँदा जनताले कसरी विश्वास गर्ने ती मिडियालाई ? प्रचण्डको पारिवारीक स्रोतले जनायो ।

अमेरिकामा सम्मानका साथ बसेको र उपचारार्थ रहेकाले यसबारे आएका भ्रामक समाचारलाई विश्वास गर्दा जनतामा एक किसिमको द्विविधा पैदा भएको छ । हामीलाई अमेरिकामा नो इन्भेष्टिकेसन आन्तरिक सर्कुलर जारी गरिएको छ । यस्तो सर्कुलर पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत जारी गरिएको थियो । यसर्थ प्रचण्ड विरुद्ध कुनै मुद्धा दायर नै हुँदैन। स्रोतले भन्यो।

अमेरिकामा यस्तो सर्कुलर कानुनी समस्या पैदा नहोस भनेर जारी गरिने चलन रहेछ । प्रचण्डलाई समेत सोहि सर्कुलर जारी गरिएको छ ।

अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमा गएर यस्तो झमेला बेहोर्न नपर्ने भन्दै विश्वस्त बनाइसकेपछि प्रचण्डको अमेरिका भ्रमण निश्चित भएको तियो । यस्तै, प्रचण्ड पत्नी सिता दाहालको उपचारार्थ उनी हमेरिका गएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org