ताजा समाचार

अश्लिलतालाई प्रशय दिएको आरोपमा परि तामाङसहित फुल्चोकी मिडियाका कार्यक्रम प्रस्तोता पक्राउ

काठमाडाैं । अन्तरवार्ता भन्दै अश्लील संवाद प्रशारण गरेको आरोपमा प्रहरीले ‘मस्ती टक टाइम’ संचालक सहित तीन जनालाई पक्राउ गरेको छ ।

फुल्चोकी मिडियाबाट प्रशारण हुने मस्ती टक टाइममा कार्यक्रम संचालक राजकुमार कुँवर र परि तामाङसहित कार्यक्रम संचालिका लक्ष्मी मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

युट्युबमा परि तामाङको अन्तरवार्ता अश्लिलताको झल्को दिने खालको मात्रै नभएर पुरै अस्लिल रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको जानकारी दिएको छ।

परि तामाङको पोर्न भिडियो समेत बाहिरिएको थियो । उनी सेक्स र आफुलाई पैसा तिरे याैन सम्पर्क गर्न पाइने भन्दै अन्तरवार्ता कै क्रममा जनाएकी थिइन् । भने, तामाङको अन्तरवार्ताको शिर्षकमा अश्लिल शब्दको प्रयोग समेत भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org