ताजा समाचार

प्रहरी र विप्लव समूहबीच गोली हानाहान, एक पक्राउ

काठमाडाैं । काभ्रेमा नेपाल प्रहरी र विप्लव नेतृत्वका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

विप्लवका कार्यकर्ता पछ्याउदै गएको अपराध अनुसन्धानको टिममाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले पुष्टि गरेका छन् । गोली हानाहान काभ्रेको रोशी गाँपालिकामा भएको हुनसक्ने अनुमान गरिएपनि ठाँउको एकिन जानकारी भने आइसकेको छैन् ।

गोली हानाहान भएपनि कसैलाइ गोली नलागेको तर विप्लवका एकजना कार्यकर्ता पक्राउ परेको जनाइएको छ । तर त्यसबारे विवरण भने गोप्य राखिएको छ ।

महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org