ताजा समाचार

क्याप्टेन हेरेपछि प्रधानमन्त्रीले जब अनमोललाई चिन्दिन भने

प्रधानमन्त्री केपी शर्मा ओलीले होलीको अवशर पारेर चलचित्र क्याप्टेन हेरेका छन् । चलचित्रका निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँगै बीग मुभिज पुगेर चलचित्र हेरेका ओलीले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए ।

उनले भने, ‘मलाई चलचित्र राम्रो लाग्यो । इशान खड्का उत्कृष्ट खेलाडी हुन् ।’ ओलीले संचारकर्मीहरुको जिज्ञासामा ‘म अनमोल केसीलाई चिन्दिन । इशान खड्का इज बेष्ट ।’ भन्दै ठट्यौली समेत गर्न भ्याए ।

अनमोलले दर्शकहरुले चलचित्रलाई माया दिएको भन्दै प्रधानमन्त्रीले पनि चलचित्रलाई माया गरिदिनुभएको भन्दै खुशी व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org