ताजा समाचार

विप्लवसँग राजनीतिक एजेण्डा छैनन्, छिटफुट घटना हुन्छन्ः बाबुराम भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहका पछाडि जनमत नदेखिएको बताएका छन् ।

दुम्काैलीमा बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतियठानको साधारणसभामा उनले भने, ‘सरकारले सम्बोधन गर्न नसकेको कारण केही साथी त्यता लागेका भए पनि राष्ट्रिय चासोबारे प्रस्ट राजनीतिक माग नभएका कारण उनीहरुकाले जनमत तान्न सकेका छैनन्, आन्दोलनको औचित्य पुष्टि हुन सकेन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

भट्टराईले आफुहरुले राखेको ४० सूत्रीय मागमा तत्कालीन सरकारको ध्यान नगएकाले ‘जनयुद्ध’ थाल्न परेको सम्झिए । माग नै प्रस्ट नभएको आन्दोलनले छिटपुट घटना गराए पनि राजनीतिक यात्रा पूरा गर्न नसक्ने उनले दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org