ताजा समाचार

अमेरिकास्थित नेपाली राजदुत कार्की भन्छन्, राष्ट्रपति भण्डारी सफल र सिनियर महिला राजनीतिज्ञ

काठमाडाैं । अमेरिकास्थित नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र क्रुरता विरुद्धको आन्दोलनको नेतृत्वकर्ता भएको जनाएका छन् ।

न्युयोर्कमा राष्ट्रपति भण्डारीको सम्मानमा आयोजित रात्री भोज कार्यक्रममा राजदुत कार्कीले यस्तो जनाएका हुन् ।

नेपाल र नेपालीको प्रजातान्त्रिक अधिकारका निमित्त अहोरात्र खटेकी भण्डारीको सम्मानमा राजदुत कार्कीले खुलेरै प्रशंसा गरेका छन् ।

राष्ट्रपति भण्डारी अमेरिकामा सम्पन्न टुमन इम्पावरमेन्ट कार्यक्रममा सहभागी हुन त्यहाँ गएकी हुन् । नेपालको पहिलो महिला राष्ट्रपति भण्डारीले राजनीतिक जीवनमा पाएको सफलता असामान्य भएको स्मरण गर्दै राजदुत कार्कीले भने, न्याय, प्रजातन्त्र र संविधानका लागि गरेको संघर्ष अतुलनिय रहेको भन्दै तारिफ समेत गरेका छन् ।

कार्कीले राष्ट्रपति भण्डारी सिनियर महिला राजनीतिज्ञ रहेको भन्दै राजतन्त्रका निमित्त लडेकी एकमात्र महिला राजनीतिज्ञ भएको समेत दाबी गरेका छन् ।

हेर्नुहोस् भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org