ताजा समाचार

भारतलाई पराजित गरे प्रत्येक खेलाडीले २ लाख पाउने

काठमाडौं ।

विराटनगरमा जारी महिला साफ च्याम्पियनशीप फुटवल अन्तर्गत आज नेपालको भारतसँग उपाधि भिडन्त हुँदैछ । दिउँसो तीन बजेपछि विराटनगरको शहिद रंगलाशालामा हुने प्रतियोगितामा उपाधि रक्षाका लागि दुबै टोली उत्तिकै मेहनत गर्नेछन् ।

यसैबीच नेपालले उपाधि जितेमा प्रदेश १ सरकारले प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ । खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो ।

यदि नेपाल उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले बताएको छ ।

यसअघिका ४ संस्करणमा नेपाल भारतसँग पराजित हुँदै उपाधिबाट बञ्चित हुने गरेको थियो । तर गत महिना भारतमा भएको हिरो गोल्डकपमा भारतलाई पराजित गरेको नेपालीको टोलीको मनोवल उच्च छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org