ताजा समाचार

दोस्रो हाफः नेपालसँग भारत २—१ ले अघि

काठमाडौं ।

विराटनगरमा जारी महिला साफ च्याम्पियनसीपको फाइनलमा नेपाल २—१ ले पछि परेको छ । खेलको दोस्रो हाफ चलिरहँदा भारतले दोस्रो गोल गरेको छ । ६२औं मिनेटमा भारतले दोस्रो गोल गरेको हो ।

खेलको २३ औं मिनेटमा पहिलो गोल खाएको नेपालका लागि सावित्रा भण्डारीले ३३ औं मिनेटमा गोल गरेकी थिइन् ।

विराटनगरको शहिद रंगशालामा सुरुदेखि नै भारतलाई दबाव दिएको नेपालले २३ औं मिनेटमा फ्रि किकमा गोल खाएको थियो । भारतकी डालिमा छिब्बरले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक बल सिधै गोलमा परिणत भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org