ताजा समाचार

जेल पठाउन चाहन्थे अनिल अम्बानीले सहरेदार दाजु मुकेशलाई तर अन्तिममा…

काठमाडाैं । एक दशक अघिको मात्र कुरा हो, अनिल अम्बानीले आफ्ना दाजु मुकेश अम्बानीलाई १० हजार करोड भारतीय रुपियाँ बराबरको क्षतीपूर्ती दाबी गर्दै मानहानीको मुद्धा हालेका थिए।

त्यतिबेलै हो, मुकेशले न्यूयोर्क टाइम्सलाई एउटा अन्तर्वार्ता दिँदै भनेका थिए ‘मेरा भाइले म माथि एउटा समूह नै बनाएर जासुरी गर्न लगाए।’

यही वार्ताका कारण अनिलले मुकेशमाथि मुद्धा हालेका थिए।

तर यसै हप्ता भाइ अनिलको दाजु मुकेशमाथि अलग बयान आयो। अनिलले भने, मेरा आदरणीय दाजु भाउजुलाई हृदयदेखि धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। मेरो संकटको घडीमा तपाईंहरु मेरोमा साथमा उभिनु भयो।’

मुकेशले आफ्ना भाइ अनिलको ऋण तिरिदिएपछि अनिलको यस्तो अभिव्यक्ति आएको हो। आफ्ना बाबुको मृत्युपछि दुबै भाइको सम्बन्धको उतार–चढाब बेला बेला सतहमा आउने गरेको थियो।

बाबु धिरुभाइको मृत्युपछि उनको अर्थतन्त्रीय साम्राज्य रियलाइन्स कम्पनी दुई हिस्सामा विभक्त गरिएको थियो।

यसपटक संकट अनिलको वरपर घुमिरहेको थियो, कालो बादल बनेर। थियो के भने, उनले स्वीडेनको एरिक्सन कम्पनीलाई ७.७ करोड अमेरिकी डलर यही २० मार्चसम्म चुक्ता गरिसक्नुपर्ने थियो। सर्वोच्च अदालत ले भनेको थियो कि, यदि अनिलले समय सीमामा पैसा चुक्ता गरेनन् भने उनी जेल जानुपर्ने छ।

उनी कम्तीमा तीन महिना जेल बस्नुपर्ने थियो।

अन्ततः अनिलले स्विडिस कम्पनीलाई तिर्नुपर्ने पैसा जोहो गर्न सकेका थिएनन्। तर अन्तिम घडीमा दाइ मुकेश अम्बानीले उनको ऋण तिरेर ठुलो गुन लगाए।

यो गुनी प्रकरणपछि दुई भाइको सम्बन्ध एकाएक हार्दीक बनेको भारतीय मिडियाहरुले जनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org