ताजा समाचार

चेपुवामा जनप्रतिनिधि, विप्लव भन्छन्– चन्दा देऊ, दिए कारबाही हुन्छः सरकार

काठमाडाैं । विप्लव समूहप्रति सरकार आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला नवलपरासीमा भने चन्दा आतंक बढेको छ । चन्द समूहले चन्दा माग्दै स्थानीय तहका कर्मचारीलाई पत्र थमाउन थालेका छन् ।

नगरपालिकामा ५० लाख र गाउँपालिकामा ५ लाखसम्म माग्दै आएको उक्त समूहले नियमित बजेटबाट नमिले विभिन्न योजनाको ठेक्का रकमबाट बुझाउन दबाव दिइरहेको छ ।

स्थानीय तहलाई चन्द समूहले चन्दा मागेर धम्क्याइरहेका बेला सरकारले भने नदिन निर्देशन दिएको छ । उपलब्ध गराएको पाइएमा कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । स्थानीय जनप्रतिनिधि चन्दको धम्की र सरकारको निर्देशनको चेपुवामा परेका छन् । आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org