ताजा समाचार

सरकार-विप्लव टकरावले जनतामा त्रासदी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक बाटोमा लागेको भन्दै प्रतिबन्धित नेकपालाई शान्तिपूर्ण बाटोमा नआए चैत्रसम्म जेल हालिसक्ने जनाएपछि आएको विप्लवको विज्ञप्तिले समाजमा थप डर पैदा भएको छ ।

सरकारले जसरी भएपनि विप्लवका नेता कार्यकर्तालाई समात्छाैं भन्दै हिड्दा विप्लवका कार्यकर्ताहरु विष्फोटक पदार्थसहित पक्राउ पर्न थालेपछि देश द्वन्द्धमा फस्ने त होइन अहिले उठेको गम्भीर प्रश्न हो ।

केहि दिन यता सरकारले विप्लवमाथि धरपडक तथा पक्राउका श्रङ्खला तीब्र पारेपछि विप्लवले विज्ञप्ति निकाल्दै कडा प्रतिवाद गर्ने चेतावनी दिदैं आएका छन् ।

भर्खरै विज्ञप्ति निकालेर विभिन्न चरणका आन्दोलन घोषणा गरेका विप्लवले सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका छन् । मिडिया रिपोर्टमा जनाइए अनुसार विप्लवसँग झण्डै ५ देखि सात हजारको संख्यामा सेना छ ।

तर, विप्लव निकट एक नेताले न्युज-नेपालसँगको कुराकानीमा भने, हाम्रो सेना कति छ भनेर सार्वजनिक गर्न जरुरी छैन । जनतामाथि दमन सुरु भयो भने हामी त्यसको मूल्य चुकाउन सक्ने क्षमता राख्छाैं । उसो भए हतियारले सुसज्जित जनसेना र जनताले साथ राम्रै दिन्छन त भन्ने प्रश्नमा ती नेताले भने, सेना र जनताको साथ भएरै हामी राज्यको विकल्प खोज्न हिडेका  हाैं ।

यद्यपी विप्लवका नेताहरुले पछिल्लो समय ओली नेतृतवको सरकार वार्ता नचाहेको भन्दै आरोप लगाउदै आएका छन् । उनीहरुले ओली सरकारको विकल्प या बहिर्गमनको मुद्धा उठाइरहेका बेला सरकार विप्लव आमन्ने सामन्ने हुँदा जनतामा डर पैदा हुनु स्वभाविक पनि हो ।

सरकारले वार्ताका लागि सहज वातावरणको स्थिति सिर्जना गर्नुको साटो बल प्रयोग गरेर वार्तामा नआए जेल हालेरै छाड्छाैं भन्दा पनि जनतामा डर पैदा भएको हो । विप्लवलाई कम आकलन गरेर सरकारले यस्तो व्यवहार देखायो भने दुख पाउने त हामी जनता नै हाैं । सरकारका प्रतिनिधि तथा नेताहरु कडा सुरक्षामा बसिहाल्छन् । एकजना सर्वसाधारणले भने ।

विप्लवका कार्यकर्ताहरु समेत भूमिगत रहेको अवस्थामा कतिपयले पिटि पटेड खेल्दै गरेको फोटो सामाजिक संजाल फेसबुकमा समेत हाल्ने गरेका छन् । राताम्मै युवाहरुको फोटो देख्दा जनतामा डर सिर्जना मात्रै भएको छैन । देशलाई नै कतै गृहयुद्धमा त धकेल्दैन भन्ने चासो र चिन्ता सबैमा देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org