ताजा समाचार

बलिउड गायक अभिजितले गाए ‘मन भए पिरती’ नेपाली गीत (भिडियोसहित)

काठमाडाैं । भारतीय चर्चित गायक अभिजित भट्टचार्यले नेपाली गीत ‘मन भए तिमिलाई’ गाएका छन् ।

भारतमा रेकर्डिङ भएको नेपाली गीतको बारेमा यो वर्ष फेरि अर्को नेपाली गीत अभिजितले गीतको थोरै अंश समेत गाएर सुनाएका छन् ।

मन भए पिरती गास्नलाई सँगसँगै जीन्दगी काट्नलाई… भन्दै अभिजितले गीतको भोडियो फेसबुक पेजमा समेत सेयर गरेका छन् । उनले म्युजिक डाइरेक्ट अमेरिका रहेकाले स्क्रिप्ट हेरेर आफैले केहि अंश थपेको भन्दै ६७ प्रतिशत क्रेडिट आफूलाई आएको समेत जनाएका छन् ।

गीतमा शब्द मोनी शर्मा रिजालको रहेको छ भने सङ्गीत कृष रिजालले भरेका हुन्। गीतलाई हालसालै मुम्बईस्थित अल्का याग्निक स्टुडियोमा रेकर्ड गरिएको छ।

यसअघि उनले कोहिनुर फिल्मको ‘के तिम्रो होइन र’ गाएको स्मरण गर्दै उनले नेपाली सबैलाई आफ्नो अनुभव समेत सेयर गरेका छन् ।

हेर्नुहोस् उक्त भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org