ताजा समाचार

एकाएक ५१ जना यात्रु फिर्ता भएपछि नेपाली जहाज खाली दुबई उड्यो

काठमाडौं । नेपाल वायु सेना निगमको जहाजबाट दुबई जाने क्रममा रहेको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।

सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगको भन्दै सोधपुछ सुरु गरेपछि नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालयले बोडिङपास दिएका ५१ जनाको पास फिर्ता लिएपछि प्रहरीले उक्त घटनाका बारेमा छानबिन सुरु गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख नायव निरिक्षक शैलेस थापा क्षेत्रीले घटनाको छानविन गरिरहेको जनाएका छन् । भिजिट भिसामा दुवई पठाउन विभिन्न ट्राभल एजेन्सीलले प्रतिव्यक्ति २ लाख ५० हजार लिएर उड्न विमानस्थल पठाएपनि केहि सेटिङ नमिलेर उनीहरु फिर्ता भएको अनुमान गरिएको छ ।

यो समाचार दीपक रिजालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org