ताजा समाचार

ठेकेदार सांसद लामाले बनाएको पुल हुरिले उडायो

काठमाडाैं । ठेकेदार सांसद्ले बनाएको पुल हुरीले भत्काएको खबर छ । नुवाकोट र धादिङ जोड्न त्रिशूली नदीको केउरेनीमा निर्माणाधीन पुल हुरीका कारण भत्किएको हो ।

गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ जोड्ने यो पुल सम्झौताअनुसार ०७४ असारसम्ममा निर्माण गरिसक्नुपर्ने थियो । ठेकेदारको ढिलासुस्तीका कारण एक वर्ष म्याद थप गरी निर्माण सम्पन्न गर्ने अन्तिम मिति ०७५ चचैतसम्म तोकिएको थियो ।

पुलका ठेकेदारबारे अन्नपूर्णले केही नबताए पनि नयाँ पत्रिका दैनिकले बहालवाला सांसद् बहादुरसिंह लामाले उक्त पुलको ठेक्का लिएको उल्लेख गरेको छ ।

आफ्नै क्षेत्रका जनता लाभान्वित हुने भए पनि लामाले पुल निर्माणमा अर्घेल्याइँ गर्दै आइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org