ताजा समाचार

बाँकेबाट चन्द समूहका तीन जना पक्राउ

बाँके ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज छन् ।

उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप छ । सरकारले समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि बाँके प्रहरीले समूहका नेता तथा कार्यकर्तामाथि निगरानी र खोजी कार्य शुरु गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम कसैबाट हुन नदिन प्रहरीले निगरानी गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org