ताजा समाचार

पाकिस्तान प्रिमियर लिग खेलेका कारण दिल्लीले सन्दिपलाई खेलाएन् !

काठमाडौं ।

गत शनिबारबाट सुरु भएको इण्डियन प्रिमियर लिग आइपिएलमा मंगलबार पाँच औं खेल सकिँदासम्म चेन्नइ सुपर किंग ४ अंक सहित शीर्ष स्थानमा छ ।

आफ्नो दोस्रो खेलमा दिल्लीलाई हराएको चेन्नइ मंगलबारको खेलपछि शीर्ष स्थानमा उक्लेको हो ।

दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली ६ विकेटले पराजित भयो । दोस्रो खेलमा पनि नेपाली स्टार सन्दिप लामिछानेलाई अन्तिम ११ मा नराख्नुलाई अहिले क्रिकेट पण्डितहरुले आश्चार्य ब्यक्त गरिरहेका छन् ।

पनि कि दोस्रो म्याच दिल्लीको होम ग्राउन्डमा भएको थियो, जहाँको पिच स्पिनरका लागि सुहाउँदो थियो । यदि सन्दीपलाई खेलाएको भए म्याचको नतिजा अर्कै आउन सक्ने क्रिकेट विश्लेषकहरुले बताएका छन् ।

पहिलो म्याचमा सन्दीप ४ ओभरसिज प्लेयरको कोटामा अटाएनन् भन्ने हो भने दोस्रोमा अटाउन सक्थे । किनकी दोस्रो म्याचमा दिल्लीले ३ जना मात्रै ओभरसिज प्लेयरलाई खेलाएको थियो ।

क्रिकेट विश्लेषकहरु ब्राड होज र दिप् गुप्ताले पनि टिम सेलेक्सनमा दिल्ली चुकेको निश्कर्ष सुनाए ।

‘सन्दीप किन टिममा परेनन् म आश्चर्यमा छु । यस्तो पिचमा उनी म्याच विनर सावित हुन सक्थे ।’ होजले भने, ‘सन्दीप र अमित मिश्रको जोडीलाई झेल्न चेन्नईका ब्याट्सम्यानलाई सहज हुने थिएन ।

‘उनले सेन वाट्सन र महेन्द्र सिंह धोनी जस्ता ब्याट्सम्यानलाई अप्ठेरोमा पार्न सक्थे । सन्दीपलाई नखेलाउनुको कुनै तार्किक कारण देखिएन । होजले क्रिकइन्फोसँग भनेका छन् ।’

कतिपयले चाहिँ पाकिस्तानी लिग खेलेका कारण असन्तुष्ट भएर दिल्लीले सन्दीपलाई बाहिर राखेको टिप्पणीसमेत गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org