ताजा समाचार

पार्टी सुधार्न लागिपरेको छु : महामन्त्री कोइराला

घोराही ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताएका छन् ।

पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो ।

प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टी अध्यक्षको बारेमा धेरै टीकाटिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हुँदा अब त्यो जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

“महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु”, उनले भने, “पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागतरूपमा सफल पार्नुपर्छ ।” उनले अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने वचनबद्धतासमेत व्यक्त गरे ।

नेता कोइरालाले दुई तिहाइको वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको आरोप लगाए । उनले जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org