ताजा समाचार

विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा : पूर्व प्रधानसेनापति क्षेत्री

चैत्र १४, काठमाडौँ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लािग घातक हुनसक्ने चेतावनी दिएका छन् ।

नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेका कदमको आलोचना गरेका हुन्।

‘विप्लव र उनी संलग्न नेकपा राष्ट्रघाती र देशविरोधी होइनन्, उनीहरूमाथि राजनीतिक शक्तिकै व्यवहार गरिनुपर्छ,’ नागरिकसँगको विशेष कुराकानीमा पूर्वप्रधानसेनापति क्षत्रीले भने, ‘समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्ताबिनै बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्ने जोखिम रहन्छ।’ क्षेत्रीले भनेका छन् ।

गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रविबन्धित नेकपाका नेता कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org