ताजा समाचार

सुदर्शन पत्नी भन्छिन्, उहाँ पाँच रोगबाट पीडित हुनुहुन्छ, स्वास्थ्य कै चिन्ता लाग्छ !

काठमाडाैं । विप्लव नेतृत्वको नेकपा स्थायी समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकास ओली ‘सुदर्शन’ पाँच रोगबाट ग्रसित भएको उनकी पत्नीले जनाएकी छन् ।

पतिको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्दै पत्नी अम्बिका चन्दले भनिन्, ‘सुगर, प्रेसर, युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेटेडका औषधि खाइरहनुभएको छ ।’ चन्दका अनुसार ओलीले सुगरको आठ वर्षदेखि र प्रेसरको १२ वर्षदेखि औषधि खाइरहेका थिए । ओलीले युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेटेडको डेढ वर्षदेखि औषधि खाँदै आएका थिए ।

नियमित औषधि खानुपर्ने भएकाले धेरै दुर्गममा बस्न नसक्दा गत शनिबार काभ्रेबाट काठमाडौं फर्कंदै गर्दा ओलीसहित नौजना पक्राउ परेका थिए । उनलाई आइतबार जिल्ला अदालत ललितपुरले आठ दिनको म्याद थप गरेको थियो ।

‘उहाँले कुन औषधिपछि कुन खाने भन्ने कुरा नै बिर्सनुहुन्छ, मैले नै सम्झाउँथे कुनैवेला स्टाफले सम्झाएपछि खानुहुन्थ्यो,’ चन्दले भनिन्, ‘पक्राउ परेपछि खै के हुने हो चिन्ता लागिरहेको छ ।’ जनयुद्धमा तीन वर्ष बाजुरा जेल बस्दा टाउकोमा गम्भीर चोट भएकाले कुनैवेला टाउको धेरै दुख्ने गरेकोसमेत उनले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org