ताजा समाचार

विप्लवका १७ कार्यकर्ता एकैपल्ट तारेखमा रिहा

सिन्धुपाल्चोक । प्रतिबन्धित नेकपाका १७ कार्यकर्ता अदालतले तारेखमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकले उनीहरुलाई छाड्न आदेश दिएको हो । सांगठनिक गतिविधि गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई अदालतले साधारण तारेखदेखि धराैटिमा रिहा हुन आदेश दिएको हो ।

सांगठिनक गतिविधि गरिरहेको बेला चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारबाट १७ जना पक्राउ परेका थिए । प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाए पनि अदालतले केहीलाई धरौटी र केहीलाई साधरण तारेखमा छाड्ने आदेश दिएको छ ।

न्यायधीश टीकाराम आचार्यको इजलासले इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ । त्यस्तै रमिता अधिकारी, हिरा खत्री र सबिता श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन् भने बाँकी १३ जनालाई ६÷६ हजार धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

संगठन विस्तारको क्रममा सिन्धुपाल्चोक पुगेका उनीहरुलाई खाना खाएर सुतिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो । उनीहरुको साथबाट दुई थान हम्मर, फलामा काट्ने कटर, विद्युत प्राधिकरणलाई चन्दाको लागि लेखिएको पत्रलगायतका सामग्री बरामद गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org