ताजा समाचार

दिल्लीबाट सन्दीप तेस्रो खेलमा टीममा पर्न सक्छन् (भिडियोसहित)

काठमाडौं ।

इण्डियन प्रिमियर लिगमा दिल्लीबाट तेस्रो खेलमा सन्दीप लामछिाने खेल्ने सम्भावना देखिएको छ ।

लगातार दुई खेलमा टीममा सन्दीप नपरेपछि क्रिकेट विश्लेषक तथा समर्थकहरुले पनि आश्चार्य व्यक्त गरिरहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले शुरुवातमै मैदानमा उतार्ने विश्वास नेपाली क्रिकेट समर्थक र विश्लेषकले गरेपनि त्यसो हुन सकेन् ।

आईपीएलमा दिल्लीले खेलेका दुई खेलमा एक जीत र एक हार बेहोरेको छ । पहिलो खेलमा जीते हात पारेको दिल्लीले दोस्रो खेल घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा पराजित भएको हो ।

उक्त खेलमा सन्दीप प्लेइङ ११ मा नपर्दा अर्का स्पिनर अमित मिश्रा मैदान उत्रिएका थिए । दोस्रो खेलमा दिल्ली पराजित भइसकेपछि कतिपयले दिल्लीले स्पिनरमा जोड दिनु पर्ने बताउँदै आइरहेका छन् ।

लगातार दुई खेल सकिँदा दिल्लीले नेपाली लेग स्पिनरलाई सामाजिक सञ्जालमा ‘मार्क’ गरेको थिएन् । दिल्लीले पछिल्लो पटक सन्दीपले घडी हेरिरहेको तस्वीर सार्वजनिक गरेको थियो ।

अब, दिल्लीले आफ्नो तेस्रो खेलको दुई दिन अगाडि एक भिडियो सार्वजनिक गरेको छ । जसमा सन्दीप अभ्यास स्थलमा देखिन्छन् । गाइडले सन्दीपलाई क्याच गर्न बल फ्याकिरहेका छन् । आकाश तिर उडाइएको उक्त बल क्याच गर्न सन्दीप पछाडि दैडिँदै उक्त बल क्याच गर्छन् ।

उक्त भिडियोको क्याप्सनका रुपमा दिल्लीले भनेको छ “यदि तपाई सन्दीप लामिछाने होइन भने पछाडि दौडिएर क्याच लिने गाह्रो हुन्छ ।”

अभ्यासमा रहँदा सन्दीप निकै असिन पसिन भएको देखिन्छ । जसमा उनी पसिनाले भिजेको प्रष्ट देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org