ताजा समाचार

झडपमा परी सात प्रहरी मारिए

कलात ।

अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा तालिबान लडाकू समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपमा परी कम्तीमा सात प्रहरी मारिएका छन् । परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिएका छन् ।

जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्व प्रायःसंयुक्त सेनाले अफगानिस्तान छोड्योपछि अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलमाथि आएको थियो ।

यसपछि अफगान सुरक्षा बलको हताहत सङ्ख्या बढेको पाइन्छ । अफगानिस्तानमा तालिबान आतङ्ककारी समूहलेअफगान सुरक्षा बल र सरकारी अधिकारी लक्ष्य गरी बारम्बार आक्रमण गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org