ताजा समाचार

राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौं ।

सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् ।

विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय ग-यो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश ग¥यो । अब भोलि हुने उपाधि भिडन्तमा आयोजक एपिएफ र न्यू डाइमण्ड भिड्नेछन् ।

हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा आज भएको सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको थियो । एपिएफले पुलिसलाई २५–२३, २५–१७, १८–२५ र २५–१२ को सेटमा पराजित गरेको हो ।

त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ सेटले पराजित गरेको हो । न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई २५–२३, २३–२५, २५–२१ र २५–२० को सेटमा पराजित ग-यो ।

त्यसैगरी तेस्रो स्थानको लागि दुई विभागीय टोली पुलिस र आर्मी भिड्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ५० हजार तथा उपविजेताले रु एक लाख २५ हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org