ताजा समाचार

नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता, भ्रमण सकारात्मक रहेको प्रतिक्रिया

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आज स्वदेश फिर्ता भएका छन् ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पत्नी सीताको उपचार र राजनीतिक भेटघाट निकै सकारात्मक रहेको प्रतिक्रिया दिए । रोग पुरानै तर उपचार पद्धति नयाँ रहेको उनले बताए । प्रचण्डले पत्नी सीताका लागि केही नयाँ औषधिसमेत ल्याएको जानकारी दिए ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड १० दिनअघि अमेरिका गएका थिए। अमेरिकामा उपचारपछि आमाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छोरी गंगा दाहालले बताएकी छन् । अमेरिका रहँदा प्रचण्डले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका थिए ।

मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहेका थिए ।

प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताएका थिए ।

यस्तै, अघिल्लो हप्ताको सोमबार प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गरेका थिए । भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org