ताजा समाचार

पूर्वमन्त्री संजय साहसहित सात जनालाई जन्मकैदको सजाय

काठमाडाैं । जनकपुर बम विस्पोटमा पूर्वमन्त्री संजयकुमार साहसहित अन्य ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

पाँच जनाको ज्यान जानेगरि भएको विष्फोटबारे फैसला सुनाउदै धनुषा जिल्ला अदालतले उनीहरुलाई जन्म कैदको सजाय सुनाएको हो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो ।

टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाइएको हो ।

२०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो । सो घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो ।

उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वाचित भएका थिए ।

पहिलो संविधानसभाकै क्रममा उनी फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए । सो समयमा विजय कुमार गच्छदार भौतिक योजना तथा पूर्वाधार थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org