भीषण आगलागीमा परि २५ जनाको मृत्यु
ढाका ।
बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् ।
राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ ।
आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए ।अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा छ जनाको मृत्यु ज्यान जोगाउन हामफालेका कारण भएको थियो ।
एक जना वरिष्ट अग्निनियन्त्रण अधिकारी मोहसिन अलिले भवन खाली गराएर खोजतलास शुरु गरिएको जानकारी दिए । उनले आगलागीबाट सबैभन्दा बढी प्रभावित आठदेखि दशौं तल्ला रहेको बताए ।
“आगलागीबाट मृत्यु हुनेको संख्या २५ पुगिसक्यो । हामीले २४ जनाको शव उनीहरुको आफन्तलाई जिम्मा लगाइसक्यौं,” ढाका महानगरीय प्रहरीका उपआयुक्त मोस्ताक अहमदले बताए ।
आगलागीबाट अरु व्यक्तिको मृत्यु भएको वा हराइरहेको भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ । तर ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
उक्त आगलागी बिहीबार अपराह्न शुरु भएको थियो । आगलागीको चपेटामा परेका व्यक्तिको उद्धारका लागि ठूलो संख्यामा स्थानीयबासी जुटेका थिए ।
अग्निनियन्त्रकहरुलाई सैनिक सहयोग समेत प्राप्त भएको थियो । सैनिक हेलिकप्टरबाट केहीको उद्धार गरिएको थियो । अग्निनियन्त्रकहरु लामा भ¥याङको सहायताबाट भवनका झ्यालका सिसा फुटाएर उद्धार कार्यमा जुटेका थिए ।
गत महिना पनि ढाकाको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको थियो । गैरकानुनी रुपमा राखिएको रसायन बिस्फोट हुँदा उक्त अपार्टमेन्टमा भीषण आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न १२ घण्टाभन्दा बढी समय लागेको थियो ।
सन् २०१२ को एक अध्ययनले बंगलादेशका गगनचुम्बी भवनहरुमा आगलागी नियन्त्रणको पर्याप्त व्यवस्था नगरिएको देखाएको छ । “केबल दुईवटा भवन सुरक्षित देखिए,” बंगलादेश विश्वविद्यालयका प्रोफेसर मेहेदी अहमद अन्सारीले बताए । विश्वविद्यालयले ढाकास्थित ११२ वटा भवनको अध्ययन गरेको थियो ।
राजधानी ढाका नजिकैको निम्तोलीमा सन् २०१० मा भएको भीषण आगलागीमा १२३ जनाको मृत्यु भएको थियो । नोभेम्बर २०१२ मा पनि ढाकाको एक नौ तल्ले तयारी पोशाक कारखानामा आगलागी हुँदा १११ जना कामदारको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा आगलागी हुँदा बाहिर निस्कन बनाइएका आपतकालीन ढोकाहरु चाबी लगाएर बन्द गर्ने गरिएको वा त्यस्ता ठाउँमा सामान भण्डार गर्ने गरिएको पाइएको थियो ।
Comments
अरु समाचार
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...
-
कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल
एजेन्सि। कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट सन् २०२४ का निम्ति विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा...